छात्रा तर्फ पोखरा एकेडेमी र छात्र तर्फ माउण्ट अन्नपूर्णलाई उपाधि

पोखरा, १२ माघ ।
पोखरा रंगशालामा शनिबार सम्पन्न भएको चौथो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्रा तर्फको उपाधि पोखरा एकेडेमीले र छात्र तर्फ भने माउण्ट अन्नपूर्ण स्कुलले जितेको छ ।

छात्रा तर्फको फाईनल खेलमा पोखरा एकेडेमीले माउण्ट अन्नपूर्णलाई १ को बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । त्यसै गरी छात्र तर्फको फाईनल खेलमा माउण्ट अन्नपूर्णले पोखरा एकेडेमीलाई १७–१३ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।

“ह्याण्डवल खेलौं, स्वस्थ र अनुशासित युवा जनशक्ति तयार गरौं” भन्ने नाराका साथ पोखरामा सम्पन्न भएको उक्त प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनहि १० हजार र उपविजेतालाई ५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिएको हो । प्रतियोगितामा छात्रा तर्फ माउन्ट अन्नपूर्णकी साईमी गुरुङ, छात्र तर्फ पनि माउन्ट अन्नपूर्णकै एन्जल पुन उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पोखरा एकेडेमीका छात्रा दिया थापा र पोखरा एकेडेमीकै सुदिप गुरुङले हात पार्न सफल भए ।

प्रतियोगितामा छात्र तर्फ १६ टिम सहभागि मध्य प्रगती बोर्डिङ स्कुल र छात्रा तर्फ १० टिमको सहभागिता भएकोमा एस.ओ.एस. हर्मन माईनर अनुशासित टिम घोषित भएको कास्की जिल्ला ह्याण्डल संघ कास्कीका सचिब टेक बहादुर गुरुङले बताए ।

विजेता खेलाडीहरुको टिमलाई नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङ, एकता बुक्स एण्ड डिष्ट्रिव्यूटर्स प्रा.लि.का क्षेत्रिय निर्देशक संजय अधिकारी, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, संघ कास्कीका विदेश विभाग प्रमुख एंव पुर्ण खेलाडी राम बहादुर गुरुङ, कास्की जिल्ला बास्केटवल सुंघका अध्यक्ष धोजकुमार गुरुङ, पुर्व खेलाडी ई. झपट बहादुर थापा, संघ कास्कीका कार्यवहाक अध्यक्ष चित्र बहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका हुन् ।

कास्की जिल्ला ह्याण्डवल संघको आयोजना नेपाल ह्याण्डवल संघको प्राविधिक सहयोगमा माघ ९ देखि उक्त प्रतियोगिता पोखरा रंगशालाको ह्याण्डव एकेडेमीमा उक्त प्रतियोगिता संचालन भएको संघ कास्कीका कोषाध्यक्ष ईन्द्र बहादुर गुरुङले बताए ।

pokharasprts.com

पोखरामा निमार्ण भएको ह्याण्डवल एकेडेमीको उद्घाटन

पोखरा, १२ माघ ।
पोखरा रंगशालामा हालै निमार्ण गरिएको ह्याण्डवल एकेडेमीको शनिबार एक समारोहका बिच उद्घाटन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको सहयोगमा, नेपाल ह्याण्बल संघ, जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हालै पोखरा रंगशालमा निमार्ण भएको उक्त एकेडेमीको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले उद्घाटन गरेकी हुन ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्ता खेलकुदका भौतिक संरचनाले पोखरा सहित गण्डकी क्षेत्रको खेलकुदको विकास हुने विश्वास व्यक्त गरिन् । बिद्यार्थीहरुलाई पढाई र शिक्षालाई संग संगै लैजान आग्रह गर्दै मन्त्री पुनले गण्डकी प्रदेशका नागरिकलाई स्वस्थ बनाउन सवै लाग्न लाग्नु पर्नेमा जोड दिइन् ।

नेपालमा हुने १३ औं साग गेम्सलाई लक्षित हुने गरी उक्त एकेडेमी नेपालमै पहिलो पटक करिब ९९ लाखको लागतमा निमार्ण गरिएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए । उक्त अवसरमा पुर्व खेलाडी तथा संघका विदेश विभाग प्रमुख राम बहादुर गुरुङ, ह्याण्डवल एकेडेमी खेल मैदान निमार्ण उपभोक्ता समितिका संयोजक योगेन्द्र बहादुर बस्नेतलाई सम्मान गरिएको छ ।

संघ कास्कीका कार्यवहाक अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त एकेडेमी निमार्णसंगै पोखरामा राष्ट्रिय बन्द प्रशिक्षण गर्न सहज हुने भएको अध्यक्ष गुरुङले बताए । एकेडेमीमा ह्याण्डवल मैदान, कार्यालय संचालनको लागि एउटा कोठा, सभाहल, महिला–पुरुषको लागि चेन्जिङरुम, स्टोर रुम, किचन रुम, ट्वाईलेट वाथरुम लगायतका संरचना निमार्ण भएको गुरुङले बताए ।

उक्त एकेडेमी स्थापनाले पोखरामा ह्याण्डवल खेलको तल्लो स्तरबाटै विकास गराउन समेत थप मद्धत पुग्ने अध्यक्ष गुरुङले विश्वास लिएका छन। विभिन्न बिद्यालयहरुले समेत उक्त एकेडेमीमा आफ्ना बिद्यार्थीहरुलाई अभ्यासको रुपमा तथा प्रतियोगिताको रुपमा संचालन गर्न सकिने उनले जनाए ।

करिब १० रोपनी क्षेत्रफलमा रहेको उक्त एकेडेमी नेपालमै पहिलो पटक पोखरामा हालै निमार्ण भएको अध्यक्ष गुरुङले बताए । ह्याण्डवल एकेडेमी निमार्ण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र बस्नेतले राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा निमार्ण समितिको करिब १० प्रतिशत लागतमा उक्त एकेडेमी निमार्ण भएको बताए ।

४० वाई २० मिटरको ह्याण्डवल मैदान सहितको दुई लेनको प्यारापिट समेत निमार्ण भएको समितिका संयोजक बस्नेतले जनाए । उक्त समितिको सचिवमा श्रीकृष्ण अधिकारी, कोषाध्यक्षमा शान्ति थापा र अन्य सदस्यहरुमा विश्व तण्डुकार, टिकाराम पुन, मोहन प्रसाद गुरुङ र पदम नेपाली रहेका थिए ।

पोखरामा चौथो एकता बुक्स अन्तर बिद्यालय ह्याण्डवल प्रतियोगिता शुरु

पोखरा ९, माघ ।
पोखरा रंगशालामा बुधबार देखि चौथो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र–छात्रा ह्याण्डवल प्रतियोगिता सुरु भएको छ । बुधबार भएको खेलमा छात्रा तर्फ दुई र छात्र तर्फ ४ गरी ६ खेल सम्पन्न भएको छ ।

छात्रा तर्फ बुधबार भएको पहिलो खेलमा सरस्वती बिद्या आश्रमले पोखरा लनर्स एकेडेमीलाई ६–१ को गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा माउण्ट अन्नपुर्ण माविले एस.ओ.एस. बिद्यालयलाई ९–४ को गोल अन्तरले पराजित गर्यो ।

त्यसै गरी छात्र तर्फको ब्ुधबार भएको पहिलो खेलमा पोखरा एकेडेमीले विजयी सुरुवात गरेको छ । पोखरा एकेडेमीले रेन्वो एकेडेमीलाई २३–६ को फराकिलो पोल अन्तरले पन्छायो । दोश्रो खेलमा वेलनन एकेडेमीले रत्न ज्योति स्कुललाइ १०–३ को गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा सरस्वती बिद्याआश्रमले लेखनाथ बिभुतीलाई १२–३ को गोल अन्तरले पन्छायो ।

बुधबारको अन्तिम खेलमा ज्ञान ज्योती बिद्याकुन्जले पोखरा लनर्स एकेडेमीलाई १७–९ को गोल अन्तरले पराजित गर्यो । बुधबार भएको खेलमा जित हासिल गरेका टिमहरु क्वाटरफाईनलमा प्रबेश गरेको रेफ्रि समितिका संयोजक राम बहादुर क्षेत्रीले बताए । उनका अनुसार विहिबार क्वाटरफाईनलका खेलहरु विहानै देखि हुने भएकाछन् ।

यही माघ १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुको पढाइको साथमा खेलकुदको समेत विकास हुने बताए । उनले बिद्यार्थीहरुलाई लक्षित गर्दै भने “अहिलेका धेरै बिद्यार्थीहरु आफ्नो दैनिक काम भन्दा बढी मोवाईल फोनमा व्यस्त हुने गरेकाछन्, यसमा अब तपाईहरु बढी केन्द्रित नहुनुहोस यसले हाम्र्रो समय वर्वाद बनाएको छ ।” उनले पोखरा रंगशालामा हालै निमार्ण भएको ह्याण्डवल एकेडेमीमा लाईट जडान गर्नको लागि आवश्यक सहयोग गर्ने समेत वचन दिए ।

नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले बिद्यालय स्तरबाटै ह्याण्डबल खेलको विकास र विस्तार गर्न यस्ता प्रतियोगिता निरन्तर हुनुपर्नेमा जोड दिए । एकता बुक्स एण्ड डिष्ट्रिव्यूटर्स प्रा.लि.का क्षेत्रिय निर्देशक संजय अधिकारीले खेलकुदको विकास गर्न आफुहरुले उक्त प्रतियोगितामा मुख्य प्रायोजन गर्दै आएको बताए । प्रतियोगिता संयोजक चित्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष पुष्पा श्रेष्ठले स्वागत गरेकी हुन् ।

कास्की जिल्ला ह्याण्डवल संघको आयोजना नेपाल ह्याण्डवल संघको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगितामा छात्र तर्फ १६ र छात्रा तर्फ १० टिमको सहभागिता रहेको संघ कास्कीका सचिब टेक बहादुर गुरुङले बताए । “ह्याण्डवल खेलौं, स्वस्थ्य र अनुशासित युवा जनशक्ति तयार गरौं” भन्ने नाराका साथ पोखरामा आयोजना भएको उक्त प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनहि १० हजार र उपविजेतालाई ५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ ।

शसस्त्र खुला ह्याण्डबलको च्याम्पियन, आर्मी उपविजेता, बन्दनालाई सम्मान

काठमाडौ,
काठमाण्डौ बपन स्थित ह्याण्डबल मैदानमा नेपाल ह्याण्डबल संघको आयोजनामा सम्पन्न खुला ह्याण्डबल राष्ट्रिय महिला तथा पुरुष प्रतियोगितामा शसस्त्र प्रहरी बल च्याम्पियन बनेको छ ।
फाइनल खेलमा चिर परिचित प्रतिद्वन्दी नेपाल आर्मीलाई २६–२५ को झिनो गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । जित संगै एपिएफले नगद २५ हजार र उपविजेता नेपाल आर्मीले नगद १५ हजारमा चित्त बुझायो ।
यता महिला तर्फ पनि एपिएफनै बिजयी भयो । एपिएफले नेपाल आर्मीलाई २६–१९ गोलले पराजित गरेको हो ।

खेलमा पुरुषतर्फ नेपाल आर्मीका दिेपेन्द्र राई उत्कृष्ट खेलाडी तथा महिलातर्फ पनि एपिएफकै बन्दना राई उत्कृष्ट खेलाडी घोषित भइन भने एपिएफका सन्दिप कार्की पूूरुष तर्फ र महिला तर्फ एपिएफकी उमा राई हाइऐष्ट स्कोरर घोषित भए । यि चार विद्याका खेलाडीलाई नेपाल ह्याण्डबल संघका पूर्व अध्यक्ष सागर थपलियाले आफ्नो तर्फ बाट नगद प्रदान गरेका थिए ।
समापन कार्यक्रममा एपिएफकी बन्दना राइ वर्ष उत्कृष्ट खेलाडी २०७४ हुन सफल भएकोमा संघले नगद र कदरपत्र सहित सम्मान गरेको थियो ।