अन्तर्राष्ट्रिय ओलम्पिक तथा ह्याण्डबल दिवसका अबसरमा पोखरामा महिला ह्याण्डबल

केशब पाठक,
पोखरा, ७ असार । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस तथा अन्तर्राष्ट्रिय ह्याण्डबल दिवसका अबसरमा पोखरामा आयोजित महिला ह्याण्डबलमा पोखरा एकेडेमी बिजयी भएको छ ।

कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा भएको महिला ह्याण्डबल प्रतियोगिताको फाइनल खेलमा पोखरा एकेडेमी बाटुलेचौरले लिटिल स्टेप माबी सिमलचौरलाई ६–२ गोलले फाइनलमा पराजित गरेको हो ।

पोखरा रंगशालामा आयोजित उक्त ह्याण्डबल प्रतियोगितामा विभिन्न ६ विद्यालयका छात्रा टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा बिजयी टिम तथा खेलाडी लाई ह्याण्डबलका मुख्य प्रशिक्षक हिमाल दाहाल, कास्की जिल्ला ह्याण्डबलका कार्यबाहक अध्यक्ष चित्र थापा, सचिब टेक गुरुङ, कोषाध्यक्ष इन्द्र गुरुङ र सदस्य मोहन गुरुङले ट्रफी, पदक र प्रमाणपत्र वितरण गरेका थिए ।

पोखरामा शनिबार प्रतिकुल मौसमका बाबजुद पनि प्रतियोगितामा उत्साहका साथ खेलाडीहरुले सहभागिता जनाएका थिए ।