ह्याण्डबलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक दिलाउने खेलाडीलाई पोखरामा सम्मान

पोखरा, २१ वैशाख । नेपालगञ्जमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशलाई स्वर्ण पदक दिलाउने खेलाडीहरुलाई पोखरामा सम्मान गरिएको छ ।

कास्की जिल्ला ह्याण्डवल संघले समग्र प्रदेशको इज्जत राख्न सफल स्वर्ण पदक दिलाउने ह्याण्डवलका खेलाडीहरुको थप हौसला रुवरुप एक समारोहका बिच शनिबार पोखरा रंगशालाको ह्याण्डवल एकेडेमीमा सम्मान गरेको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका सांसदहरु मोहन रेग्मी, इन्द्रधारा विष्ट र मिना गुरुङ राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङ, भूवपुर्व खेलाडी मञ्चका पुर्व अध्यक्ष द्वय डा. विरेन्द्रसिंह गुरुङ, खड्क बहादुर रानाभाट, संघका सल्लाहकार राम गुरुङ लगायतले खेलाडीहरुलाई सम्मान पत्रको साथमा खादा र अविर लगायर सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडीहरुमा टिम क्याप्टेन बिशाल बस्नेत, दिनेश श्रेष्ठ, बिमल थापा, प्रविन गुरुङ, पवन छन्त्याल, विशाल नेपाली, राता केसी, चन्द्र केसी, कदम चालिसे, जोमिश पुर्जा, शरण थापा, सन्तोष श्रेष्ठ, कल्याण भण्डारी र शिव खड्का रहेकाछन् ।

टिम प्रशिक्षकमा भिमशेन शाक्य, सहायक प्रशिक्षकमा गणेश अर्याल, व्यबस्थापकमा सुमन थकाली रहेका थिए । त्यसै गरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशलाई काश्य पदक दिलाउने खेलाडीहरुको टोलीलाई समेत सम्मान गरिएको संघका कार्यवाहक अध्यक्ष चित्र थापाले बताए । कप्तान सुस्मीता गुरुङ सहित खेलाडी एवं प्रशिक्षक बिष्णु गुरुङ सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफलाई फाइनल खेललमा ३७—३३ गोलको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशलाई समुह तर्फ पहिलो स्वर्ण पदक दिलाएको हो । सम्भवत समुह तर्फ प्रदेशमै पहिलो स्वर्ण पदक गण्डकी प्रदेशले ह्याण्डलबाटै प्राप्त गरेको संघका सचिव टेक बहादुर गुरुङले बताए ।

गण्डकी प्रदेश पाचौं अर्थात प्रदेशमा दोश्रो भएको छ । गण्डकी प्रदेशको प्रतिनिधित्व गरेका अधिकाशं कास्कीका खेलाडीहरु रहेको संघका उपाध्यक्ष पुष्पा श्रेष्ठले बताइन् । उक्त अवसरमा कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मि प्रसाद गुरुङले ह्याण्डवल खेलको विकासको लागि भन्दै २५ हजार नगद हस्तान्तरण गरेकाछन् ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राज्यको न्युन लगानीमा गण्डकी प्रदेशका खेलाडीहरुले विभागिय टोलीलाई पराजित गर्दै स्वर्ण पदक दिलाउनु गण्डकी प्रदेशकै गौरव भएको बताए । खेलकुदमा अब खेलसंगै ज्ञान र विज्ञान आवश्यक भएको उनको भनाइ छ । आर्थिक विकास र मुलुकको समृद्धिको लागि खेलकुदलाई पनि संगै लैजानु पर्ने कुरालाई बुझेर गण्डकी प्रदेशले होस्टेल सहितको सुविधा सम्पन्न स्टेडियम निमार्ण गर्ने योजना रहेको मन्त्री गुरुङले बताए ।

विश्वका मुलुकसंग प्रतिष्प्रर्धा गर्न सक्ने सजिलो माध्यम नै खेलकुद भएकोले सम्भावना भएका खेलमा राज्य सहित निजी क्षेत्रले लगानी गर्नुपर्ने उनले बताए । खेलकुदले शारीरिक रुपमा स्वच्छ राख्नुका साथै अनुशासनको समेत उतिकै आवश्यक भएको मन्त्री गुरुङको भनाइ थियो ।

राज्यको न्यून लगानीमा पनि ह्याण्डवल खेलले प्रदेशमै समुह तर्फ पहिलो स्वर्ण पदक दिलाएकोमा खुसि व्यक्त गर्दै नेपाल ह्याण्बल संघका अध्यक्ष तेज बहादुर गुरुङले अब राज्यले यस खेलमा लगानी गर्नुपर्ने बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने हुदा उक्त खेलमा धेरै स्वर्ण पदक ल्याउने गरी खेल पुर्वाधार र खेलाडीहरुलाई निरन्तर प्रशिक्षणको आवश्यक भएको उनको माग छ । उनले भने “हाम्रो खेलकुदमा धेरै विभेद रहेको छ, पदकको आशा भएका खेलहरुमा राज्यको बढी ध्यान केन्द्रित हुनु पर्यो, पदक विजेता खेलाडीहरुको हौसलाको लागि यस्तो सम्मान कार्यक्रम आवश्यक हुन्छ ।”

Link:http://www.pokharasports.com/handball-21-news/

Leave a Reply

Your email address will not be published. Required fields are marked *